Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर निस्कासन गर्ने

विहीबार, १३ पुस २०७४, १६ : २८ मा प्रकाशित

आशा लघुवित्त वित्तीय संस्थाले  तीन लाख कित्ता साधारण सेयर निस्कासन गर्ने

अर्थ संसार, काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड बराबरको ३ लाख कित्ता  साधारण सेयर निष्काशन गर्ने भएको छ ।

 संस्थाको प्रथम बार्षिक साधारण सभाबाट उक्त कित्ता सेयर निष्काशन गर्ने निर्णय गरिएको हो ।  वार्षिक साधारणसभाले संचालक समितिको अध्यक्षमा रामेश्वर सापकोटालाई चयन गरेको छ । 

सापकोटाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण कार्यक्रममा संस्थाका संचालक प्रदीपकुमार खड्का, प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा वित्त विभाग प्रमुख प्रमोद भट्टराई उपस्थित थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको