Like us!
Follow us!
Connect us!
Watch us!

१३ सय मूल्यको सेयर ८ सयमा किन्ने अवसर, आजदेखि प्रिमियर इन्सुरेन्सको एफपीओ बिक्री खुल्ला

आइतबार, १६ पुस २०७४, ११ : ०६ मा प्रकाशित

१३ सय मूल्यको सेयर ८ सयमा किन्ने अवसर, आजदेखि प्रिमियर इन्सुरेन्सको एफपीओ बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं– काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३०० भन्दा माथिको दरमा खरीदबिक्री भइरहेको प्रिमियर इन्स्योरेन्सको एफपीओ ७ सय ९९ रुपैयाँमै पाउने अवसर आज(आइतबार)देखि खुलेको छ ।

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गरेको हो । 

यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २९० कित्तासम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । एफपीओमा आवेदन दिने अन्तिम म्याद पुस १९ गतेसम्म तोकिएको छ । यस अवधिमा आवश्यकता अनुसार एफपीओ बिक्री नभएमा भने माघ १५ गतेसम्म पनि भर्न सकिनेछ ।

लगानीकर्ताले आस्वा सदस्यता लिएका बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम बुझाउन सक्नेछन् । यो इन्सुरेन्सले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन एफपीओको सहारा लिएको हो ।

हाल यसको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८०० रुपैयाँ छ । एफपीओपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुग्नेछ ।

यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको