Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको लागि पूर्वाधार निर्माण गरिनुपर्छ : अध्यक्ष ढकाल

अर्थ संसार

आइतबार, १४ पुस २०८१, १२ : ३८ मा प्रकाशित

पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको लागि पूर्वाधार निर्माण गरिनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको लागि पूर्वाधार निर्माण गरिनुपर्ने बताएका छन् । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाइँ निकै कम रहेको उल्लेख गर्दै उनले त्यसलाई बढाउने खालका ठूला पूर्वाधारहरू निर्माण गरिनुपर्ने बताएका हुन् ।

शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा आईएमई ग्रुपले निर्माण गर्ने जालपादेवी केबलकार शिलान्यास समारोहमा अध्यक्ष ढकालले मुलुकमा पर्यटन पूर्वाधारको कमी रहेकाले आफूहरूले सातै प्रदेशमा यस्ता पूर्वाधार बनाइरहेको बताए । 

उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ ।’

लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको