Like us!
Follow us!
Connect us!
Watch us!
२४.२ अंकले घटेको बजारमा ५८ करोडको कारोबार

धमाधम सेयर बेच्दै लगानीकर्ता

आइतबार, १६ पुस २०७४, १५ : ४८ मा प्रकाशित

धमाधम सेयर बेच्दै लगानीकर्ता

अर्थ संसार, काठमाडौं –राजनीतिक अन्योलता र कारोबारमा मूल्य अभिवृद्धि करको विवाद लगायतका कारणले लगातार  सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरु धमाधम सेयर बेच्न थालेका छन् ।

जसको कारण सेयर बजारमा कारोबार बढेपनि नेप्से भने हवात्तै घटेको छ । विभिन्न कम्पनीको सेयर उठाउने भन्दा पनि फाल्ने लगानीकर्ताहरु धेरै भएका छन् । त्यसको परिणामस्वरुप कम्पनीको सेयर मूल्य विस्तारै घट्ने क्रममा छ ।

सेयर बजार घटाउने र आफै उठाउने, विस्तारै  बजार बढाउने अनि बेच्ने एउटा समूह सक्रिए भएको लगानीकर्ताहरु बताउँछन् । जसले गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्दै आएका छन् । 

आज पनि सेयर बजारमा नेप्से सूचक २४.२  अंकले घटेर १३९०.४४ विन्दुमा आइपुगेको छ । १ सय ५८ वटा कम्पनीको १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर खरिदविक्री हुँदा ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अंंकले घटेको बजारमा  बैकिङ १६.३५, ट्रेडिङ ४.३९ अंक, विकास बैंक १६.७७, हाइड्रोपावर १२.२६ अंक, विमा ८३.९, फाइनान्स ३.२१, उत्पादन ८, अन्य ५५.८१ र माइक्रोफाइनान्स ३७.५२ अंकले घटेको छ ।

यता होटल समूह भने द्ध.८८ अंकले बढेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

5a48b7793cad2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको