सडक विभागका महानिर्देशक रामहरि पोखरेलले देशभरका सडक निमार्ण र मर्मत गर्ने जिम्मा सडक विभागको मात्र नभएको आक्रोश पोखेका छन् ।
सोमबार सडक बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सडक भत्किए पनि सबै सडक विभागले नै पुर्नु परेको उनको गुनासो छ ।
महानिर्देशक पोखरेलले सोचेअनुसार सडक मर्मत गर्न नसकको स्वीकार समेत गरेका छन् । सडक मर्मत गर्नका लागि बजेट पर्याप्त नभएको महानिर्देशक पोखरेलको भनाइ छ ।
यस्तै, विनियोजित बजेट शतप्रतिशत खर्च हुन नसकेको उनी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस