Like us!
Follow us!
Connect us!
Watch us!

एमालेसँग हामीले सात बुँदे समझदारी गरेका हौं ,कमजोरी नकेलाउने भन्ने कुनै आठौं बुँदा छैन : महामन्त्री शर्मा

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, १४ : १९ मा प्रकाशित

एमालेसँग हामीले सात बुँदे समझदारी गरेका हौं ,कमजोरी नकेलाउने भन्ने कुनै आठौं बुँदा छैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र प्रश्न उठाउँदा कारवाही गरेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । 

पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भनेका छन् , ‘हामीले कांग्रेस र देश बनाउने डिजाइन बनाएर एकताबद्ध भएर लाग्दा आगामी दिन कांग्रेसले नै नेतृत्व गर्ने हो । त्यसका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । यसो भन्दै गर्दा तपाईंहरूले पार्टीका नेताहरूको द्वन्द्व र फरक फरक विचार सुन्नुहोला । हुन्छ त यो कम्युनिष्ट पार्टी हो र ? जहाँ प्रश्न गरिसक्दा मान्छे कारवाहीमा पर्छ ,अहिले सरकारमा सँगै सहकार्य गरेको छ केही भन्नै हुँदैन भन्ने होइन । हामीले सात बुँदे समझदारी गरेर अघि बढेका हौं । आठौं कुनै बुँदा छैन एकअर्काको कमजोरी नकेलाउने भन्ने ।’

उनले पार्टी जीवनमा अनुशासन आवश्यक भएपनि कसैको राजनीतिक जीवन नै समाप्त पार्न नमिल्ने तर्क गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको