जनमत पार्टीले धोती दिवस मनाएको छ ।
बुधबार दिवसको सन्दर्भमा विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा राजधानी काठमाडौंको माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी धोती दिवस मनाएका हुन्।
दिवसका अवसरमा सहभागीहरूले धोती लगाएर प्रदर्शन गरेका थिए । सहभागी ‘धोती भैया भनेर हेप्न पाइँदैन’,’मशेस एकता जिन्दावाद’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो,’लगायतका पम्प्लेट बोकेका छन्।
माइतीघरमा भएको प्रदर्शन र कोणसभामा जनमतका अध्यक्ष सीके राउतसहित पार्टीका शीर्ष नेताहरू समेत सहभागी थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस