Like us!
Follow us!
Connect us!
Watch us!

वित्तिय विवरण र सेयरधनीका सूची बुझाउन सूचिकृत कम्पनीलाई नेप्सेको निर्देशन

मंगलबार, १८ पुस २०७४, १२ : ०१ मा प्रकाशित

वित्तिय विवरण र सेयरधनीका सूची बुझाउन सूचिकृत कम्पनीलाई नेप्सेको निर्देशन

अर्थ संसार, काठमाडा–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले विज्ञप्ती जारी गर्दै  नेप्सेमा सूचिकृत कम्पनीलाई कम्पनीको लेखा परिक्षण भएको वित्तीय विवरण र सेयरधनीको सूचि बुझाउन निर्देशन दिएको छ ।

सूचिकृत सबै कम्पनीकोहरुको प्रमोटर पब्लिक सेयरधनीको सूची,(पूरा नाम र सेयर संख्यासहित) साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण,र लेखा परिक्षण नभएको भए विगत तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको हो । उक्त विवरणहरु आगामी माघ १० गतेभित्र उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ ।

धितोपत्र सूचिकरण विनियमावली, २०५३ मा गरिएको व्यवस्था अनुसार चुक्ता पुँजी (साधारण सेयर) कम्तिमा २ करोड भएको, साधारण सेयरवालाहरुको संख्या कम्तिमा १००० जना भएको, सार्वजनिक रुपमा सेयर बिक्री गरेको, कम्तिमा ३ वर्ष अगाडि देखि लगातार मूनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आय व्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ ।

5a4b255fd2d38.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको