Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता खोल्न कर्मचारी सञ्चय कोषको आग्रह, आइपिओको बाढी लाग्दै

बुधबार, १९ पुस २०७४, १३ : ५३ मा प्रकाशित

डिम्याट खाता खोल्न कर्मचारी सञ्चय कोषको आग्रह, आइपिओको बाढी लाग्दै

अर्थ संसार, काठमाडौं – कर्मचारी सञ्चय कोषले तत्काल हितग्राही खाता खोल्न कोषका वचतकर्ता तथा कर्मचारीलाई आग्रह गरेको छ ।

कोषले ऋण लगानी गरेका सान्जेन, रसुवागढी र मध्य भोटेकोशी जस्ता जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने तयारी गरेपछि कोषले तत्काल डिम्याट खाता खोल्न आग्रह गरेको हो ।

कोषले एक सूचना मार्फत तत्काल डिम्याट खाता खोल्न र साधारण सेयर जारी गर्ने प्रक्रियामा सहभागी हुन भनेको हो ।

कोषले पछिल्लो दिनमा जलविद्युत्, वाय् सेवा तथा रियल स्टेट क्षेत्रमा लगानी बढाइरहेको छ । कोषले माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत् कम्पनीका विभिन्न आयोजनामा व्यापक लगानी गर्दे आएको छ ।

कोषमा नवनियुक्त प्रशासक दीपक रौनियारले कोषले पूँजी वृद्धि गरेर ७०० अर्ब पुर्याउने लक्ष्य राखेका छन् ।

साधारण सेयर जारी गर्ने प्रक्रिया सुरु भएकाले तत्काल डिम्याट खाता जरुरी रहेको भन्दै कोषले सूचना मार्फत सचेत गराएको जानकारी दिएको छ ।

आवश्यक सूचना तथा जानकारी लिन कोषले आफ्ना कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको