Like us!
Follow us!
Connect us!
Watch us!

रोकियो बजारको गति, एकै दिन घट्यो २० अंक

बुधबार, १९ पुस २०७४, १६ : ५३ मा प्रकाशित

रोकियो बजारको गति, एकै दिन घट्यो २० अंक

अर्थ संसार, काठमाडौं सोमबार  र मंगलबार उकालो लागेर  आशाको संचार गरेको पूँजी बजार आज भने पुन : निराशामा बदलिएको छ ।

सोमबार ४४ अंक र मंगलबार २.४४ अंकले बढेको बजारमा आज पनि बढ्ने लगानीकर्ता निराश भएर घर फर्किएका छन् । बजार खुल्ने वित्तिकै उकालो लागेको नेप्से बजार बन्द हुँदा २०.६३ विन्दुले आरालो लाग्यो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार १ हजार ४ सय १६ विन्दुमा रोखिएको बजार आशातितरुपमा उकालो नलागेपछि लगानीकर्तामा चरम निराशा छाएको छ ।

क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.३९ विन्दुले आरालो लाग्दा ठूला भनिएका कम्पनी समेत समस्यामा परेको देखिएको छ ।

बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई निराश बनाउँदै बजारले सोमबार र मंगलबारको गति नसमातेपनि मल्टिपर्पाेज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले भने आज राम्रै कमाई गरेका छन् ।

कुल १ सय ५५ कम्पनीको ८ लाख ९० हजार  ४ सय ६३ कित्ता सेयर रु ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ मूल्यमा कारोबार भयो । कारोबार रकम समेत घटेपछि बजार २० अंकमा सिमित भएको हो ।

आज बैकिङ १६.२८, व्यापार १.३५, होटल २९.३३, विकास बैंक १७ .१६, जलविद्युत २६.०१, फाइनान्स ४.८, विमा १३४.८२, उत्पादन १.४, अन्य १९.३८ र माइक्रोफाइनान्स २६.६८ विन्दुले ओरालो लागेको हो । पछिल्लो १० दिनको कारोबार हेर्दा बजार १२९ अंकले घटेको थियो ।

सोमबार र मंगलबार ४६ अंकले सुधार भएको बजार आज बुधबार भने घटेर न्यूनविन्दुमा पुग्दा बजारमा देखिएको तरलताको समस्याले प्रभावित पारेको टिप्पणी गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको