Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ७ अंकले बढयो, ५४ करोडकोे कारोबार

विहीबार, २० पुस २०७४, १६ : १३ मा प्रकाशित

नेप्से ७ अंकले बढयो, ५४ करोडकोे कारोबार

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) सेयर बजार समान्य अंकले बढेको छ । सेयर बजार आज ७.२२ अंकले बढेको हो ।

हिजो २० अंकले घटेको बजारमा आज केही अंकले बढेपछि लगानीकर्तामा केही राहत मिलेको छ । यो हप्तालाई हरियो रंङ्गले विदाई गरेको पूँजीबजारलाई अर्काे हप्ता भरी नै हरियाली छाउँने लगानीकताको आशा  गरेका छन् । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार १ हजार ४ सय २३ विन्दुमा रोखिएको बजार आशातितरुपमा उकालो नलागेपछि तल नझरेकाले लगानीकर्तामा केही राहत मिलेको छ । क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५९ विन्दुले उकालो लागेको छ

। कुल १ सय ५९ वटा कम्पनीको १३ लाख ६० हजार ३ सय ६७ कित्ता सेयर खरिदविक्री हुँदा ५४ करोड २० लाख ६९ हजार ७ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

आज समान्य अंकले बढेको बजारमा बैकिङ ६.३५, हाइड्रोपावर ४.१३, फाइनान्स १.८७, विमा १८.२७, उत्पादन ११.१८, अन्य १५.९१ र माइक्रोफाइनान्स ८.२८ अंकले घटेको छ ।

यता व्यापार २.८७, होटल ६.६४ र विकास बैंक ७.४१ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

5a4e048adbab6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको