Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीको लागि आइपिओ निकाल्दै रसुवागढी हाइड्रोपावर, बोर्डले दियो १ करोड ६४ लाख कित्ता निष्कासनको अनुमति

विहीबार, २० पुस २०७४, १६ : ३६ मा प्रकाशित

कर्मचारीको लागि आइपिओ निकाल्दै रसुवागढी हाइड्रोपावर, बोर्डले दियो १ करोड ६४ लाख कित्ता निष्कासनको अनुमति

अर्थ संसार, काठमाडौं–  धितोपत्र बोर्डले रसुवागढी हाइड्रोपावर कम्पनीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिउको छ ।

बोर्डले जारी पुँजीको २४ % आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । रसुवागढीले रसुवा जिल्लामा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना बनाउन लागेको छ ।

यी कर्मचारीले आवेदन दिन पाउनेछन्

 यस हाइड्रोपावरले पहिलो चरणमा संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीलाई आइपीओ बिक्री गर्न लागेको हो । रसुवागढीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्नेछ ।

कहाँ दिने आवेदन ?

आइपीओमा सिद्धार्थ क्यापिटल, एनआइबीएल क्यापिटल मार्केट, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछन् । रसुवागढी चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको