Like us!
Follow us!
Connect us!
Watch us!

साउदी अरबको विशेष विमानमा सिरियाली राष्ट्रपति जुलानी

अर्थ संसार

सोमबार, २१ माघ २०८१, १८ : ०६ मा प्रकाशित

साउदी अरबको विशेष विमानमा सिरियाली राष्ट्रपति जुलानी

सिरियाका नवनियुक्त राष्ट्रपति अबु मोहम्मद अल जुलानी साउदी अरबको ऐतिहासिक भ्रमणमा रहेका छन । 

यहाँ उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सुरूमा भेटेका थिए भने साउदी अरबले सिरियाली राष्ट्रपतिका लागि आफ्नो बिशेष विमान उनका लागि पठाएको थियो ।

यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औंल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

तर, गत साता जनवरी २९ सम्म उनी कार्यकारी सरकारको अध्यक्षमा निर्वाचित भएका थिएनन् । सो भेटघाट पछि साउदीले ६१ चिकित्सकको टोली दमास्कस पठाउने घोषणा गरेको छ ।

राष्ट्रपति बनेको दिन उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका थिए । सिरियामा विद्रोहीले कब्जा जमाए पछि राष्ट्र प्रमुखको यो पहिलो बिदेश भ्रमण हो । अहिले उनी साउदी अरब पुगेका छन्, जुन ठूलो विकास मानिएको छ । 

राजकुमार सलमानसँगको भेटपछि अल जुलानीले साउदी अरबले युद्धग्रस्त सिरियालाई सहयोग गर्न चाहेको बताए । ‘हामीले लामो भेट गरेका थियौं, जसमा हामीले सिरियाको भविष्य निर्माण गर्न सहयोग गर्ने वास्तविक इच्छा महसुस गरेका र सुन्यौं,’ उनले टेलिग्राममा एक विज्ञप्तिमा भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको