दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यु लगाएको हो।
जिल्ला प्रशासन कार्यालयले सुनसरीको हरिनगर बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड सम्मको क्षेत्रलाई कर्फ्यु लगाएको छ । यस्तै, सुनसरीको भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र र घुस्कीमा कर्फ्यु लगाएको हो । भुटाह बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय क्षेत्रमा कर्फ्यु आदेश भएको छ । यस्तै, कप्तानगञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रमा कर्फ्यु आदेश भएको छ ।
यस्तै घुसकी बजारको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुसकी, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल क्षेत्रमा कर्फ्यु आदेश भएको छ । यस्तै, देवानगञ्ज बजारको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय भित्र कर्फ्यु आदेश भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस