Like us!
Follow us!
Connect us!
Watch us!

उन्नती माइक्रोफाइनान्सको आइपीओ खुल्ला,कहाँबाट आवेदन दिन ?

शुक्रबार, २१ पुस २०७४, ०८ : ४६ मा प्रकाशित

उन्नती माइक्रोफाइनान्सको आइपीओ  खुल्ला,कहाँबाट आवेदन दिन ?

अर्थ संसार, काठमाडौं–  आजदेखि उन्नती माइक्रोफाइनान्सको साधारणस सेयर (आइपीओ) विक्रीमा खुल्ला भएको छ ।

 कम्पनीले १ लाख ६५ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।  यस मध्ये कम्पनीले ४ प्रतिशत सेयर कर्मचारीको लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत सेयर सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी रहेको १ लाख ५० हजार १ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
हाल  ३ करोड ८५ लाख चुक्तापूँजी रहेको कम्पनीको आइपीओ पश्चात  ५ करोड ५० लाख पुग्नेछ ।

यहाँबाट आवेदन दिनुहोस्

यस आइपीओको विक्री प्रबन्धक सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा विक्री प्रबन्धकको कार्यालय, उन्नती माइक्रोफाइक्रोफाइनान्सको सम्पूर्ण कार्यालय तथा आस्वाको अनुमति प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

छिटोमा पुस २५ र ढिलोमा माघ ५ गतेसम्म यस आइपीओमा आवेदन दिन सकिनेछ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ सय २० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 

 

5a4eecfa4a1c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको