Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली

सोमबार, २४ पुस २०७४, १५ : २० मा प्रकाशित

सेयर बजारमा हरियाली

अर्थ संसार, काठमाडौं–  पूँजी बजारमा आज हरियाली छाएको छ । पूँजी बजार १२ अंकले बढ्दा ४६ करोड ४६ लाख ३९ हजार ८सय २० रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५७ वटा कम्पनीको ८ लाख ५५ हजार १ सय ३९ कित्ता सेयर खरिदविक्री भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार १ हजार ४ सय ४० विन्दुमा रोकिएको बजारमा होटल उपसमूह बाहेक अरु सवै उपसमूहमा हरियाली छाएको छ ।

क वर्गका सेयर कारोबार  मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.७९ अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा बैकिङ ९.०५ अंक, व्यापार १.२७ अंक, विकास बैंक ६.६२ अंक, हाइड्रोपावर ३.२३ अंक, फाइनान्स ३.७३ अंक, विमा १२२.१६ अंक, उत्पादन २.८ अंक, अन्य १२.७६ र माइक्रोफाइनान्स २.८५ अंकले बढेको छ ।

यता होटल भने १७.३७ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

5a533cb5d0f6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको