Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण सारियो नागरिक लगानी कोषलाई अन्य समूहमा (विज्ञप्तिसहित)

सोमबार, २४ पुस २०७४, १६ : २९ मा प्रकाशित

यस कारण  सारियो नागरिक लगानी कोषलाई अन्य समूहमा (विज्ञप्तिसहित)

अर्थ संसार, काठमाडौँ – नेपाल स्टक एक्चेन्जले विभिन्न समूहलाई थप व्यवस्थित बनाउँदै लगेको छ ।

स्टकले आजदेखि नै वित्त समूह अन्तर्गत रहेको नागरिक लगानी कोषलाई अन्य समूहमा सारेको छ ।

कोष र वित्त समूहमा रहेका सूचीकृत व्यवसायिक प्रकृतिलाई हेरेर समूह परिवर्तन गरिएको नेप्सेले जनाएको छ। नेप्सेले सूचीकृत कम्पनीलाई समूहगत वर्गीकरण गर्दै आएको छ ।

नेप्सेले  वर्गीकरण गरिएका कम्पनीलाइ उपसूचक मार्फत कारोबार मापन गर्दै आएको छ।

कोष थपिएपछि अन्य समूहमा कम्पनीको संख्या चार पुगेको छ।कोष थपिनु अघि जलविद्युत लगानी तथा विकास कम्पनी,नेपाल दूरसञ्चार कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका थिए ।

5a534e6587fea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको