Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीलाई चौरानब्बे करोड बराबरको हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो स्वीकृति, कुन कम्पनीको कति ?

सोमबार, २४ पुस २०७४, १९ : २३ मा प्रकाशित

तीन कम्पनीलाई चौरानब्बे करोड बराबरको हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो स्वीकृति, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले रु ९४ करोड तीन लाखबराबरको हकप्रद सेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ ।

बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद सेय। निष्कासनका लागि आज स्वीकृति दिइएको छ ।

एसियन लाइफ इन्स्योरेन्सले दश कित्ता बराबर एक पाउने गरी रु ४० करोड २७ लाख ९६ हजार ६२० बराबरको रु ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको छ । हकप्रद सेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले रु २२ करोड ८१ लाख ३१ हजार ३०० मूल्यबराबरको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ । फस्ट माइक्रोफाइनान्स लघु वित्तको हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सो कम्पनीले दुई कित्ताबराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ ।

यस्तै कामना सेवा विकास बैंकले रु ३० करोड ९४ लाख १५ हजार ४७७ मूल्यबराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको हो । कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कामनाले दश कित्ता बराबर एक दशमलब पाँच कित्ता हकप्रद सेयर दिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको