Like us!
Follow us!
Connect us!
Watch us!

उन्नती माइक्रोफाइनान्सको आइपीओ भर्नु भयो ? आज अन्तिम दिन

मंगलबार, २५ पुस २०७४, १३ : ३० मा प्रकाशित

उन्नती माइक्रोफाइनान्सको आइपीओ भर्नु भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं– उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आइपीओ)  भर्नु भयो ?  यस कम्पनीले निष्काशन गरेको साधारण सेयर निष्काशनको मिति आज समाप्त हुँदै ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये कुल सेयर निष्कासनको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता सेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १ लाख ५० हजार १५० कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यहाँबाट आवेदन दिनुहोस्

कम्पनीको सेयर  निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको सेयर भर्न इच्छुक आवेदकले न्यूनतम १० कित्ता अर्थात एक हजार र अधिकतम ८२० कित्ता अर्थात ८२ हजार रुपैयाँ सम्म आवेदन दिन सक्नेछन् ।

सेयरमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको