Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावरको आइपिओ आउँदै

बुधबार, २६ पुस २०७४, १३ : १० मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावरको आइपिओ आउँदै

अर्थ संसार,  काठमाडौं – पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडले आईपीओ माघ ५ गतेदेखि विक्री खुल्ला हुने भएको छ ।  

कम्पनीले यो आइपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाका लागि मात्र खुला गरेको हो ।

प्रति सेयर १ सय अंकित मूल्य रहेको कम्पनीको न्यूनतम २० कित्ता र अधिकतम ५ हजार ५ सय कित्ता सेयर दरखास्त दिन सकिन्छ । कम्पनीका अनुसार माघ ५ गतेदेखि विक्री खुल्ला भएको साधारण सेयर माघ १९ गते  निश्कासन बन्द हुनेछ ।

यहाँबाट दिनुहोस् आवेदन

कम्पनीको धितोपत्र निश्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ् लिमिटेड रहेको छ । यस कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक कम्पनीको शाखाबाट आवेदन दिनसक्नुहुनेछ ।

 हालको पूँजीको अवस्था

यस कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ९५ करोड, जारीपूँजी रू. १ अर्ब १० करोड र चुक्तापूँजी रू. ८८ करोड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू तथा सर्वसाधारणको लागि सेयर निश्कासन गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको