Like us!
Follow us!
Connect us!
Watch us!

उन्नती माइक्रोफाइनान्समा ४७ गुणा बढी आवेदन, १६ प्रतिशतले मात्रै पाउने

बुधबार, २६ पुस २०७४, १४ : २७ मा प्रकाशित

उन्नती माइक्रोफाइनान्समा ४७ गुणा बढी आवेदन, १६ प्रतिशतले मात्रै पाउने

अर्थ संसार, काठमाडौं – सेयर बजारमा लगानीकर्ताको कति आर्कषण छ भन्ने कुरा उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्कासन गरेको आइपिओमा आवेदन दिनेको संख्याबाट पुष्टि भएको छ ।

बजारमा लगानीको लागि रकम छैन, बजार घटेको घट्यै छ , बजारलाई बिना कारण घटाययो भन्ने जस्ता तर्कहरु सार्वजनिक भइरहेको बेला सो माइक्रोफाइनान्सको शेयरमा लगानीकर्ताको अत्याधिक आर्कषण रहेको पाइएको छ ।

उक्त माइक्रोफाइनान्सको आइपिओमा मात्रै ४७ गुणा बढीको आवेदन परेको छ । संस्थाले चार दिनकालागि बिक्री खुला गर्दा २ लाख ४६ हजार आवेदकबाट रु ७९ करोड दुई लाख बराबरको आवेदन परेको छ ।

 आवेदन दिने सबैलाई १० कित्ताको दरले बाँडफाँड गर्ने हो भने पनि आवेदकमध्ये १६ प्रतिशतले मात्रै आइपिओ पाउने अवस्था रहेको छ ।

अझै सबै स्थानको विवरण प्राप्त नभएकालेअ झै केही संख्यामा बढोत्तरी हुने संस्थाले जनाएको छ ।

संस्थाले रु एक सय दरमा एक लाख ५० हजार १५० कित्ताको लागि आवेदन माग  गरेको थियो ।  यही पुस २१ गतेदेखि पुस २५ गतेसम्म आइपिओका लागि आवेदन दिने समय तोकिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको