Like us!
Follow us!
Connect us!
Watch us!

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, ०७ : ५६ मा प्रकाशित

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।

न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्बाधिक ७६ रन बनाएका थिए भने श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए ।

त्यसैगरी  भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।  

योसहित भारतले तेस्रो पटक आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । भारतले यसअघि २००२ र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको