Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियस्तरका विकास बैंकले बढाए नाफा, माघसम्म कुनको अवस्था कस्तो छ ?

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १० : २८ मा प्रकाशित

राष्ट्रियस्तरका विकास बैंकले बढाए नाफा, माघसम्म कुनको अवस्था कस्तो छ ?

राष्ट्रिय स्तरका विकास बैंकको नाफामा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन् । गत आवको सोही अवधिमा बैंकहरुको नाफा  २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २१.६९ प्रतिशतले बढेको छ।

कुनले कति कमाए ?

यो अवधिसम्म सबैभन्दा धेरै नाफा  गरिमा विकास बैंकले आर्जन गरेको छ।

बैंकले माघसम्म ६८ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.४३ प्रतिशतले बढेको छ।

यो अवधिसम्म बैंकले ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.२५ प्रतिशतले बढेको छ। यस्तै,शाइन रेसुंगाले यो अवधिसम्म ४४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.१७ प्रतिशतले बढेको हो ।

यसैगरी,कामना सेवाले ४१ करोड ४६ लाख रुपैयाँ, महालक्ष्मीले ३३ करोड ५३ लाख रुपैयाँ, ज्योतिले ३० करोड ५१ लाख रुपैयाँ, सांग्रिलाले २६ करोड २१ लाख रुपैयाँ र लुम्बिनीले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ३२.७६ प्रतिशत, महालक्ष्मीको ०.३८ प्रतिशत, ज्योतिको ७१.७६ प्रतिशत, सांग्रिलाको ६९.२१ प्रतिशत र लुम्बिनीको ९.२० प्रतिशतले बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको