Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १४ : ४१ मा प्रकाशित

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहजरुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।

यस सम्झौताअनुसार, वैदेशिक रोजगारीमा रहेका योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली विभिन्न डिजिटल माध्यमहरू, जस्तै हिमालरेमिट, मोबाइल बैंकिङ वा कार्डमार्फत आफ्नो योगदान रकम सहज रूपमा जम्मा गर्न सक्नेछन्। बैंकले संकलन गरेको रकम सोही दिन सामाजिक सुरक्षा कोषको खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता समारोहमा बैंक तथा कोषका अन्य अधिकारीहरू समेत उपस्थित थिए।

यस व्यवस्थाले प्रवासी नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सजिलो बनाउने र उनीहरूको दीर्घकालीन आर्थिक सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको