नेपालमा पहिलो पटक पूर्ण रूपमा विद्युतीय पिकअप ‘Riddara’ सार्वजनिक गर्ने तयारी भइरहेको छ।
सीजी मोटर्सले नेपाली बजारमा १००% विद्युतीय पिकअप ल्याउने घोषणा गरेको हो। विद्युतीय सवारीको बढ्दो मागलाई ध्यानमा राख्दै, कम्पनीले ‘Riddara’ पिकअप नेपाली उपभोक्ताका लागि उपयुक्त हुने विश्वास लिएको छ।
यस इभी (EV) पिकअपमा ७३ किलोवाट-आवर (kWh) क्षमताको ब्याट्री राखिएको छ, जसले पूर्ण चार्जमा ४२४ किलोमिटर रेन्ज दिने बताइएको छ। नेपालका भौगोलिक बनावट र सडक अवस्थालाई मध्यनजर गर्दै यस पिकअपमा सातवटा फरक ड्राइभिङ मोड उपलब्ध छन्, जसमा स्यान्ड, मड, अफ-रोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट-४डब्लुडी मोड रहेका छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा जस्ता प्रविधिहरू समेटिएको छ, जसले सुरक्षालाई थप मजबुत बनाउनेछ।
सीजी मोटर्सका अनुसार ‘Riddara’ पिकअप छिट्टै काठमाडौंको पानीपोखरी र थापाथलीस्थित शोरुममा उपलब्ध हुनेछ।
Riddara ले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले 4WD Delivery र Adventure Drive कार्यक्रम समेत आयोजना गर्नेछ, जसअन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न कठिन भूगोलमा गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न पानीपोखरी र थापाथलीस्थित शोरुमबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ। जसअन्तर्गत ग्राहकहरूले बिहान ११:०० बजेबाट शोरुममा गई परीक्षण गर्न सक्नेछन्।
नेपालमा विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियता र सरकारको हरित ऊर्जा प्रवर्द्धन नीतिलाई मध्यनजर गर्दै ‘Riddara’ लाई नेपाली बजारमा ल्याउन लागिएको हो।
कम्पनीले नेपाली उपभोक्ताका लागि वातावरणमैत्री तथा उच्च प्रदर्शन दिने इभी पिकअप प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस