बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी ४.४ र प्रतिशतले वृद्धि भएको थियो ।
बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर ४.३९ प्रतिशत हुने अनुमान गरिएको छ। यो विश्वव्यापी बेरोजगार दर ४.९६ प्रतिशतभन्दा कम हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस