Like us!
Follow us!
Connect us!
Watch us!

कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

शनिबार, २९ पुस २०७४, १७ : ०७ मा प्रकाशित

कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

अर्थ संसार, काठमाडौँ– सेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को मुनाफा खस्किएको छ ।

नेप्सेले आव २०७३/७४ मा रु ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२/७३ मा नेप्सेले रु ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो ।

नेपाल धितोपत्र बोर्डले सेयर दलाल कम्पनीलाई सेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो ।

नेप्सेले गत आवमा रु ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष रु ६९ करोड ६१ लाख ९४ हजार ४७३ आम्दानी गरेको थियो ।

गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी रु ५९ अर्ब ३९ करोड ५४ लाख बराबरको पूँजी परिचालन गरेका छन् ।

प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा रु एक खर्ब ६३ अर्ब ९५ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४ दशमलव ९० प्रतिशतले वृद्धि भई रु दुई खर्ब चार अर्ब ७९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा रु ७० करोड ३६ लाखबाट बढेर रु ८९ करोड तीन लाख पुगेको छ ।

कारोबार संख्यातर्फ आव २०७२/७३ मा आठ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता सेयर र खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

अघिल्लो आवको तुलनामा ६९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको सेयर  कित्तामा गणना गर्दा २९ दशमवल ९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा महिला लगानीकर्ताको आकर्षण बढ्दै 

नाट्टामा पाण्डे विजयी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको