Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले ५० प्रतिशत नगद लाभांश बाँड्ने

शनिबार, २९ पुस २०७४, १७ : २६ मा प्रकाशित

नेप्सेले ५० प्रतिशत नगद लाभांश बाँड्ने

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से) को ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले रु १५ करोड लाभांश वितरण गरेको छ ।

जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात रु आठ करोड ७० लाख जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात रु पाँच करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले छ प्रतिशतअर्थात रु ९० लाख मुनाफा पाएको छ ।

नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको सेयर रहेको छ ।

यो पनि पढ्नुहोस्

घट्यो बजार पूँजीकरण 

सेयर बजारमा महिला लगानीकर्ताको आकर्षण बढ्दै 

नाट्टामा पाण्डे विजयी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको