सौन्दर्य र गुणस्तरको प्रतीक ChriXtina Rocca र Anherb Natural ले नयाँ वर्षको उपलक्ष्यमा ‘New Year, New Attitude’ (नयाँ वर्ष, नयाँ सोच) नामक आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्। यस योजनाअन्तर्गत जम्मा ६ जना भाग्यशाली विजेताहरूले सौन्दर्य सामग्री उपहार जित्ने अवसर पाउनेछन्।
ChriXtina Rocca इटालीमा उत्पादित यूरोपियन सौन्दर्य ब्रान्ड हो, जसअन्तर्गत लिपस्टिक, लिप ग्लस, भोल्युम मस्कारा, लेन्थनिङ मस्कारा, लिप आयल लगायतका उत्पादनहरू बजारमा ल्याइँदै आएको छ।
त्यस्तै, भारतमा उत्पादित Anherb Natural ब्रान्डले सनक्रिम, आफ्टर सन क्लेन्जर, रिकभरी जेल, फेस मास्क, फेस स्क्रब लगायतका सौन्दर्य सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ।
दुवै ब्रान्डले आधुनिक सौन्दर्य प्रवृत्ति र व्यक्तिगत आत्मविश्वासलाई उजागर गर्ने उद्देश्य राखेका छन्।
यस उपहार योजनामा भाग लिनका लागि इच्छुक व्यक्तिले निम्न प्रक्रिया पूरा गर्नु पर्नेछ:
ChriXtina Rocca र Anherb Natural को Facebook वा Instagram पेज Like तथा Follow गर्नुपर्नेछ।
दुबै ब्रान्डले पोस्ट गरेको योजनासम्बन्धी पोस्टलाई आफ्नो Story मा सेयर गर्नुपर्नेछ।
Story सेयर गर्दा ४ जना सौन्दर्य सामग्री मन पराउने साथीहरूलाई Tag गर्नुपर्नेछ।
योजना समाप्तिपछि लक्की ड्र मार्फत ३–३ जना गरेर कुल ६ जना विजेता छनोट गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस