Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक अवस्था सुधार गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक,के छ प्रतिवेदनमा ?

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १० : ३३ मा प्रकाशित

आर्थिक अवस्था सुधार गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक,के छ प्रतिवेदनमा ?

पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको हो । आयोगका अध्यक्ष खनालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

सरकारले दिएको कार्यादेश बमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि आयोगले काम थालेको थियो । यसअघि आयोगले २०८१ पुस २४ गते तत्काल गर्न पर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएकोमा अहिले अन्तिम प्रतिवेदन बुझाएको हो । उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सरकारलाई बुझाएको प्रतिवेदन आज वेभसाइटमार्फत सार्वजनिक गरिएको छ । रामेश्वर खनालको अध्यक्षतामा सचिव महेश आचार्य, डा. प्रकाश कुमार श्रेष्ठ, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. विश्वास गौचन, डा. कल्पना खनाल, चन्द्र ढकाल, कमलेश कुमार अग्रवाल, राजेश्व अग्रवाल र सचिव महेश आचार्यको आयोगले देशको आर्थिक अवस्था सुधार गर्न ४४७ पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

आयोगले १७ वटा बिषयमा विभिन्न सुझावहरु नेपाल सरकारलाई दिएको छ । उक्त सुझावहरु कार्यान्वयन हुने अवस्था भने छैन । हेरौं प्रतिवेदनको पूर्णपाठ ।

 

उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन

पूर्णपाठः

&nbs;

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको