Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, १५ : ३६ मा प्रकाशित

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेकाले विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी  दिए ।

उनका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको र यस प्रालिका सामग्रीमा तौलसमेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको छ ।

त्यसैगरी, दुवै व्यावसायिक कम्पनीलाई पनि कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरिएको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको