अर्थ संसार, काठमाडौँ– जमजुङमा निर्माणाधिन दोर्दी ए जलविद्युत् आयोजनाले साधारण शेयर(आइपिओ) जारी गर्ने भएको छ ।
कम्पनीले साधारण शेयर जारी गर्ने लक्ष्यका केही दिन पहिले वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेको छ ।
तर के कति मात्रामा साधारण शेयर जारी गर्ने हो सो को बारेमा भने जानकारी दिइएको छैन ।
लिबर्टी इनर्जी कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभाले स्थानीय सहित साधारण सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीद्वारा निर्माणधिन लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखी कार्य गरिरहेको छ ।
साथै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस