Like us!
Follow us!
Connect us!
Watch us!

आजपनि घट्यो बजार, लगानीकर्ता निराश

बुधबार, ०३ माघ २०७४, १६ : १६ मा प्रकाशित

आजपनि घट्यो बजार, लगानीकर्ता निराश

अर्थ संसार, काठमाडौं– लगातार आरालो लाग्दै आएको शेयर बजार आज पनि ७.१९ विन्दुले ओर्लिएपछि लगानीकर्तामा निराशा बढेको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार बजार ७.१९ विन्दुले घट्दा नेप्से परिसूचक १ हजार ६ सय ९ विन्दुमा पुगेको छ । अपराहन्न १२ :४० मा बजार १४ सय विन्दु तल ओर्लिर १ हजार ३ सय ९९ मा कायम भएपनि क्रमश बजार बढ्दै ३ बजे १ हजार ४ सय ६ विन्दुमा पुगेर थामिएको हो ।

आज कुल १ सय ५८ कम्पनीको ९ लाख २९ हजार १९६ कित्ता सेयर रु ४० करोड ४८ लाख ६७ हजार ४६७ रुपैयाँमा कारोबार भएको स्टकले जनाएको छ ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५५ विन्दुले ओरालो लाग्दा बजारमा राताम्मै भएको हो ।

आज बैकिङ ७.१७, होटल ७.८१, विकास बैंक ७.२, जलविद्युत १५.१७, फाइनान्स २.९४, विमा ०.८, उत्पादन २.४१, अन्य समूह १०.७४ ओरालो लाग्दा माइक्रोफाइनान्स भने ४.०१ विन्दुले उकालो लागेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको