Like us!
Follow us!
Connect us!
Watch us!

कसरी सेयर बजारमा लगानी गर्ने ? साना लगानीकर्ताको लागि ४ लाभकारी टिप्स

शनिबार, ०६ माघ २०७४, ०८ : ३६ मा प्रकाशित

कसरी सेयर बजारमा लगानी गर्ने ?  साना लगानीकर्ताको लागि ४ लाभकारी टिप्स

अर्थ संसार, काठमाडौं– वित्तिय संस्थाकको बढ्दो व्याजदर र अस्थिर राजनीतिकको कारण दोस्रो सेयर बजार जोखिमपूर्ण बन्दै गएको छ । 

दोस्रो सेयर बजारप्रति साना लगानीकर्ता लगानी गर्न डराइरहेका छन् । अब त्यसो भए साना लगानीकर्ताले कसरी गर्ने त सेयर कारोबार । केही टिप्पहरु यस प्रकारको छ ।

१. लामो समय सम्म पैसा लगाउन लाभः

सेयर बजारमा लगानी गर्दै गर्दा केही साना लगानीकर्ताहरु पैसा लगाउदा नै डराउने गर्छन । उनिहरुलाई बजार उतार चढाबकै कारणले पैसा डुब्छ भन्ने डर हुन्छ । यस कारण पनि उनिहरु थोरै समयको लागि मात्रै पैसा लगानी गर्छन ।

कुनै साना लगानीकर्ता त बिहान नै पैसा लगाउछन र दिउसो नै बेचिहाल्छन् । यो गलत हो । बिहान पैसा लगाउने र दिउसै बेच्ने बानीले आफ्नो लगानीमा छोटो लाभ  त मिल्छ । त्यसैले ठुलो लाभको लागि लगानीको अबधी लामो नै हुनु पर्छ ।

२.त्यही पैसा लगाउनुहोस जुन लामो समय सम्म तपाईलाई काम छैनः

तपाई हामी सबैले देखेका पनि छौ कि लगानीकर्ताले आफ्नो जरुरी खर्च गर्ने राशी नै सेयरमा लगाउछन् । यस्तो अवस्थामा लगानी गर्दा उनिहरुले न लामो समय सम्म लगानी गर्न सक्छन न यसबाट हुने नोक्सानलाई नै बहन गर्ने क्षमता राख्ने गर्छन ।

यस्ता लगानीकर्ताका लागि सेयरमा लगानी धेरै नै खतराको खेल हुन सक्छ । आखिर लाभ भै हाल्यो भने त ठिकै हो । नोक्सान भयो भने यस्ता लगानीकर्तालाई मानसिक तथा आर्थिक समस्या ल्याउन मात्रै सफल हुन्छ ।

यस कारण पनि जुन पैसा आफुलाई जरुरी छ । त्यो पैसा सेयरमा नलगाउनु होस । यस्तो पैसा लगाउनुहोस हानी रलाभको चिन्ता नल्याओस र बजारमा ढुक्कसंग लगेर राख्नुहोस ।

३.तुक्का नलगाउनु होस्, सेयर बजार जुवा घर हैनः

साना लगानीकर्ताहरु सेयरलाई तुक्काको खेल नै सम्झन्छन् । जबकी ठिक उल्टो सेयरले एक रणनितिको माग गर्दछ । तपाई कुन कम्पनीको सेयर खरिद गर्दै हुनुहून्छ । त्यसको बजारमा अवस्था कस्तो छ रु पछिल्लो समयमा सेयर बजारमा त्यस कम्पनीको अवस्था कस्तो छरु आदी कुराको एउटा लगानीकर्तालाई जानकारी हुन जरुरी छ ।

कम मुल्य देखेर जवाको खेलको जस्तै सेयर किन्न र त्यसबाट केही समय लाभ लिन सकिन्छ । तर, बजारमा नदेखिएका र जानकारीको अभावले धेरै दिन सम्म यो तुक्का कायम नरहन सक्छ ।

यसको मुख्य नतिजा हुन्छ सेयर लगानीकर्तालाई घाटा । त्यसैले कुनै पनि कम्पनीको सेयर खरिद गर्नुभन्दा अगाडी त्यस कम्पनीको वर्तमान अवस्था र विगतमा उसको सेयरको अवस्थाको बारेमा राम्रोसंग जानकारी लिनु आवश्यक छ ।

४. प्रोफेशनलस हायर गर्नुहोस :

धेरै लागानीकर्ताहरु समय र जनकारीको अभावमा ट्रेडिङगको प्रोफेशनलसको सुविधा लिने पनि गर्छन । बजारमा यस्ता धेरै प्रोफेशनल भेटिन्छन तिनिहरुले तपाईको पैसाको सहि ठाउमा लगानी गर्ने सुझावहरु दिन्छन ।

तर त्यस बापत तपाईले निश्चित शुल्क उनिहरुलाई बुझाृउनु पर्ने हुन्छ । तर कतिपय अवस्थामा देखिन्छ कि प्रोफेशनलसहरुले लगानीकर्तामा भएको अभावलाई मौकामा राखेर उल्टै फाइदा लिइरहेका पनि हुन्छन ।

लगानीकर्ताको पैसा उनिहरुले आफ्नो फाइदाको लागि धेरै ठाउमा लगानी गर्न पनि उक्साउछन् । लगानीकर्तालाई जहाँ १ लाख फाइदा हुन्छ, त्यहाँ जम्मा ४० हजार मात्रै देखाउन पनि सक्छन । यस कारण यो जरुरी छ कि प्रोफेशनलस हायर गरे पछि सबै कुरामा उनिहरुमा भर नपर्नु होस् ।

त्यस कारण जुन कम्पनीमा आफु लगानी गर्न चाहिरहनु भएको छ । त्यसको वर्तमान अवस्था , विगतको अवस्था, बजारमा देखिएको वर्तमान अवस्था आदीका बारेमा पनि विभिन्न हिसाबले जानकारीमा राख्नुहोस ।

तपाइ आफै चनाखो बन्नुभयो भने प्रोफेशनलसहरुले तपाइलाई झुटो बोलेर झुक्याउन सक्दैनन् । यस्तै तपाईलाई सेयरका केही प्रोफेशनल ट्रमसको बारेमा पनि जानकारी हुन आवश्यक छ ।

जस्तैः सेयर बजारको अधार के हो र यसले कसरी काम गर्छ रु सेयर खरिद बिक्रीका केही आधिकारीक नियम, व्यालेन्सिट (वासलात) हेर्ने प्रकृया आदीका बारेमा पनि लगानीकर्ताले जानकारीमा राख्नुपर्छ ।
Traders Voice

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको