Like us!
Follow us!
Connect us!
Watch us!

गलत सूचना प्रवाह गरेको भन्दै बोर्डले लियो एक्सन, प्रज्ञान सेक्युरेटिजलाई ७५ हजार जरिवाना

आइतबार, ०७ माघ २०७४, १७ : ०४ मा प्रकाशित

गलत सूचना प्रवाह गरेको भन्दै बोर्डले लियो एक्सन,  प्रज्ञान सेक्युरेटिजलाई ७५ हजार जरिवाना


अर्थ संसार, काठमाडौं – गलत तवरले शेयर खरिद गर्न प्रोत्साहित गरेको भन्दै धितोपत्र बोर्डले प्रज्ञान सेक्युरेटिजलाई कारवाही गरेको छ ।

भाइबरमा म्यासेज पठाएर सेयर किन्न प्रोत्साहित गरेको भन्दै बोर्डले उक्त सेयर दलाल कम्पनीलाई रु ७५ हजार बराबरको कारवाही गरेको हो ।

बोर्डले आज एक विज्ञप्ति मार्फत कम्पनीको विराटनगर शाखा प्रमुखले भाइबरमा समूह बनाएर सिभिल बैंकको सेयर किन्न प्रात्साहित गरेको पाइएपछि कारवाही गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ती शाखा प्रमुखले सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर दिन लागेको र सेयर किन्दा फाइदा हुने र फाइदाको जिम्मा आफ्नो भएको आशयको सुचना जारी गरेका थिए ।

संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्रबजारको उच्च मर्यादा कायम राख्ने पर्नेमा यस्तो नगरेको भन्दै कारवाही गरिएको जनाएको छ ।

5a647baf195fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको