Like us!
Follow us!
Connect us!
Watch us!

बहु उपयोगि बनस्पति अम्रिसो : विदेशी पैसा आम्दानीको स्रोत बन्दै, गत वर्ष १ अर्ब बढीको निर्यात

महेन्द्र शाही

आइतबार, ०८ भदौ २०८२, ११ : २३ मा प्रकाशित

बहु उपयोगि बनस्पति अम्रिसो : विदेशी पैसा आम्दानीको स्रोत बन्दै, गत वर्ष १ अर्ब बढीको निर्यात

अम्रिसो विदेशी मुद्रा आर्जनको राम्रो स्रोतका रुपमा विकास भएको छ । नेपालीहरुको घर आगनमा पाइने बहु उपयोगि बनस्पति अम्रिसो विदेशी मुद्रा आर्जनको स्रोत समेत बनेको छ । 

अम्रिसो खेती पशु पालन तथा भूक्षयलाई कम गर्नका लागि पनि अति नै उपयुक्त नवस्पति हो ।

सुख्खा याममा पशुहरुका लागि हरियो घाँसका रुपमा प्रयोग गर्न सकिने र पोसिलो पनि हुने भएकाले यसको उपयोगिता बढी हुने जानकारहरुको भनाइ छ । त्यसका साथै जमिनको भूक्षयलाई नियन्त्रण गर्नका लागि पनि यो बनस्पति अति नै उपयुक्त हुने बताइन्छ ।  नेपालीको संस्कारका रुपमा पनि रहेको कुचोमा नेपाल आत्म निर्भर रहेको र विदेशमा समेत निर्यात हुने गरेको छ । नेपालबाट बार्षिक रुपमा अर्ब भन्दा बढीको कुचो निर्यात हुने गरेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।

गत आर्थिक वर्षमा मात्रै नेपालबाट १ अर्ब १५ करोड ७ लाख ६९ हजार रुपैयाँको अम्रिसोको कुचो निर्यात भएको भन्सार विभावको तथ्यांकले देखाएको छ । गत आवमा नेपालबाट १ करोड ५१ लाख ९३ हजार १४० पिस कुचो निर्यात भएको विभागको तथ्यांक छ । 

अम्रिसो नेपालबाट भारत, बंगलादेश, क्यानडा, बेल्जियम, बेलाय र अमेरिका निर्यात हुने गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने नेपालबाट १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ६२ हजार ३२० पिस कुचो निर्यात भएको थियो । यो सरकारको च्यानलबाट गएको विवरण मात्रै हो । यो बाहेक अनौपचारीक रुपमा जाने अझै धेरै रहेको कुचो संघको दाबी छ । 

अहिले नेपालबाट अर्ध प्रसोधित अम्रिसो विदेश पठाउने गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । यसलाई पूर्ण प्रसोधन गरेर पठाउन सकेको खण्डमा अझ बढी आम्दानी गर्न सकिने उनको भनाइ छ । नेपालमा तिहारको समयमा कुचोको माग धेरै हुने गरेको व्यवसायीहरुको भनाइ छ । अध्यक्ष कार्कीले अम्रिसो खेती गर्नका लागि किसानलाई प्रोत्साहन गर्नु पर्ने बताए । कृषकलाई पनि अम्रिसो खेती गर्न उनले सुझाब दिए । अम्रिसो खेतीको सम्भावना देशभर नै भए पनि अहिले पूर्वी क्षेत्रमा यसको खेती हुँदै आएको छ । सबैभन्दा बढी अम्रिसो उत्पादन हुने जिल्ला इलामा हो । त्यो आसपासका जिल्लाहरुमा पनि अम्रिसो खेती हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको