Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको एफपिओमा लगानीकर्ताको चासो कम

सोमबार, २२ माघ २०७४, १९ : ५७ मा प्रकाशित

बुटवल पावरको एफपिओमा लगानीकर्ताको चासो कम

अर्थ संसार, काठमाडौँ – बुटवल पावर कम्पनी लिमिटेड को एफपीओमा लगानीकर्ताको चासो कम परेको पाइएको छ ।

कम्पनीको एफपिओमा मात्रै पचास प्रतिशतको हाराहारीमा मात्रै आवेदन परेको हो ।पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबारसम्म रु १ अर्ब १५ करोड बराबरको २२ लाख ९५ हजार ४०९ कित्ता  एफपीओका लागि आवेदन परेको हो ।

अझै रु ९० करोडको एफपीओ बिक्रि हुन बाँकी रहेको जनाइएको छ । कम्पनीले छिटोमा शुक्रबार नै निष्काशन बन्द हुने बताएको थियो । तर सो अवधीमा न्युन मात्रामा आवेदन नपरेपछि आइतबारसम्म समय थप गरिएको थियो ।

आइतबारसम्ममा पनि कम्पनीको एफपीओ करिब आधा मात्रै खरिद भएपछि कम्पनी प्रति लगानी कर्ताको आकर्षण घटेको अनुमान गर्न सकिन्छ ।

रु ४०१ प्रिमियमसमेत गरी प्रतिकित्ता रु ५०१ मा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । बीपीसीले रु २ अर्ब ४ करोड ४५ लाख बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको