Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लद्युवित्तको नाफा ५३ लाख, आइपिओ कहिले ?

मंगलबार, २३ माघ २०७४, १२ : ५६ मा प्रकाशित

सामुदायिक लद्युवित्तको  नाफा ५३ लाख, आइपिओ कहिले ?

अर्थ संसार, काठमाडौं–  सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७३\७४ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस संस्थाले यस वर्षको दोस्रो त्रेमासमा  ५३ लाख ९७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । 

गत वर्ष कम्पनीले यही त्रैमासमा ४१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । निक्षेप रकम १७ करोडबाट बढोत्तरी गरेर २३ करोड २३ लाख ८६ हजार रुपैयाँ पुर्याएको सामुदायिकले ६८ करोड ८७ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको खुद ब्याज आम्दानी पनि ८.५८५ ले बढेर २ करोड ९७ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद २ करोड ७४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो ।

गत वर्ष कम्पनीले ४६ करोड ४८ लाख ४४ हजार रुपैयाँ कर्जामा लगानी गरेको थियो ।

चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको सामुदायिकको रिजर्भ कोषमा भने २ करोड ४० लाख ६५ हजार रुपैयाँ रहेको छ ।

 

यस कारण बोर्डले रोकेको थियो आइपिओ निश्कासन

चुक्ता पूँजी वृद्धि गर्नको लागि साधारण सेयर निश्कासन गर्न धितोपत्र बोर्डमा माघ ३ गते पुगेको थियो ।

३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निश्कासन गर्ने गर्न निवेदन दिएको थियो । तर, राष्ट्र बैंकले नेपाल धितोपत्र बार्डलाई तत्काल लागि रोक्न आग्रह गरेको छ ।   

कम्पनीको वित्तीय सूचकहरु सन्तोषजनक नरहेको भन्दै राष्ट्र बैंकले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डलाई तत्कालका लागि रोक्न आग्रह गरेको थियो ।

अब कहिले आउँछ त साधारण सेयर (आइपिओ) ?  कम्पनीको धितोपत्र बोर्डको अर्काे स्वीकृति पछि मात्र आइपिओ निश्कासन हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको