Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक १३९० बिन्दुमा, लगानीकर्तामा छायो निराशा

मंगलबार, २३ माघ २०७४, १५ : २७ मा प्रकाशित

नेप्से परिसूचक १३९० बिन्दुमा, लगानीकर्तामा छायो निराशा

अर्थ संसार, कारोबारमा आएका नौवटै समूहमा गिरावट आएपछि नेप्से परिसूचक (आज) मंगलबार १३९० विन्दुमा आर्लिएको छ ।

बजार ६.०२ अंकले घट्दा नेप्से परिसूचक १३९० विन्दुमा झरेको हो ।  बजार खुल्लाको केही समयभित्र नेप्से इन्डेक्स १ अंक बढे १४०१.५८ विन्दुमा पुगेपनि  विस्तार घटेर बजार बन्दा हुँदा १३९० विन्दुमा आइ रोकिएको छ ।

अमेरिकी सेयर मूल्यमा किर्तिमान गिरावटको प्रभाव नेपाली सेयर बजारमा प्रष्ट देखिएको  भएको छ । नेपाल स्टक एक्स्चेनका अनुसार आज १ सय ५२ वटा कम्पनीको ७ लाख ९ हजार ८ सय ३ वटा कित्ता २४ करोड २० लाख ९६ हजार १सय ४६ रुपैयाँमा विक्री भएको छ ।

समान्य अंकले घटेको बजारमा बैकिङ ५.७९, व्यापार ५.८२, होटल ६.८७, विकास बैंक ३.९३, जलविद्युत २२.५४, फाइनान्स ०.१८, विमा ३०.१८, अन्य ०.२८ र माइक्रोफाइनान्स ७.५५ अंकले घटेको छ ।

घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।  

5a797993c482a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको