Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र सिडिएसले चलाए शेयर सचेतना कार्यक्रम, को–को भए लाभान्व

बुधबार, २४ माघ २०७४, १५ : ५३ मा प्रकाशित

नेप्से र सिडिएसले चलाए शेयर सचेतना कार्यक्रम, को–को भए लाभान्व

अर्थ संसार, काठमाडौं – सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड(नेप्से) सँगको संयुक्त आयोजनामा प्रदेश नम्बर एक र प्रदेश नम्बर चारका दुई–दुई शहरमा लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम को आयोजना गरेको छ ।

प्रदेश नम्बर एक अन्तर्गतको कार्यक्रम सुनसरीको ईटहरीमा र झापाको दमकमा  आयोजना गरिएको थियो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको अध्यक्षतामा संचालीत कार्यक्रममा, सिडिएससिका प्रमुख कार्यकारी अधिकृत श्री देवप्रकाश गुप्ता र नेप्सेका बरिष्ठ अधिकृत श्री मुराहरि पराजुलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

साथै, प्रदेश नम्बर चार अन्तर्गतको कार्यक्रम कास्कीको पोखरा र बाग्लुङ्गको बाग्लुङ्ग बजारमा आयोजना गरिएको थियो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको अध्यक्षतामा सञ्चालित  कार्यक्रममा, नेप्सेका सुरेश जोशी र प्रभाकर घिमिरे तथा सिडिएससिका सुरेश न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पूँजी बजार संग सम्बन्धित जानकारी तथा बजारमा भएका नयाँ बिकासहरुको जानकारी प्रदान गर्ने उद्देश्यसहित यस लि ले देशका बिभिन्न सहरहरुमा यस किसिमका कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कार्यक्रममा पूजीबजारमा सिडिएससिको भूमिका, धितोपत्रको अझौतिकिकरण तथा राफसाफ तथा फछ्र्याैट प्रक्रिया, आस्बा, सि–आस्बा तथा मेरो शेयर सम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो ।

सिडिएससिका संचालक समितिका अध्यक्ष समेत रहनुभएका कार्यक्रमका साउदले मेरो शेयर तथा सि–आस्बाको प्रयोग संगै घण्टौ लाइन लागेर सार्वजानीक निष्काशनको आवेदन दिएर बाँडफाँटका लागि महिनौ कुर्नुपर्ने ब्यबस्थाको अन्त्य हुने जानकारी दिनुभयो ।

उहाँले पूँजी बजारको थप बिकासका लागि सिडिएससिले नयाँ–नयाँ प्रबिधियुक्त सेवाको बिकास गरि लगानीकर्ताहरुलाई लाभान्वित गराउनका लागि सदा प्रतिबद्ध रहने जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको