Like us!
Follow us!
Connect us!
Watch us!
(कसको कति कित्ता)

फागुन ११ देखि ३० सम्म रसुवागढी र साञ्जेनको आइपिओ भर्न पाइने

बुधबार, २४ माघ २०७४, १६ : २७ मा प्रकाशित

फागुन ११ देखि ३० सम्म रसुवागढी र साञ्जेनको आइपिओ भर्न पाइने

अर्थ संसार, काठमाडौं –  चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सिमित साधारण शेयर आगामी फागुन ११ गतेदेखि ३० गतेसम्म बिक्री गर्ने भएको छ ।

रसुवा जिल्लामा  निर्माणाधीन १११ मेगावाटको रसुवागढी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र  ५७.३ मेगावाट क्षमताको साञ्जेनको प्रवद्र्धक साञ्जेन हाइड्रो पावर कम्पनीले सिमित साधारण शेयर जारी गर्ने तयारी गरेको हो ।

 दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले शेयर खरिद गर्न सक्नेछन् ।

रसुवागढीले रु एक सय मूल्यका  एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । यसबाट रु १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय उठाउने लक्ष्य छ ।

। संस्थापक संस्थाका कर्मचारीका लागि रु २३ करोड ९४ लाख ७३ हजार ५ सय  २३ लाख ९४ हजार ७ सय ३५ किता शेयर बिक्री गनेृछ ।

यसैगरी, सान्जेनले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ८७ करोड ६० लाख को शेयर जारी गर्नेछ ।

न्यूनतम ५० कित्ता र बढीमा ३ सय कित्तासम्म आवेदन दिन पाउनेछन् । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले रु १२ करोड ७७ लाख ५० हजार र ३ करोड ६५ लाख को शेयर पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको