Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार : दोहोरो अंकले लाग्यो ओरालो

बुधबार, २४ माघ २०७४, १७ : १६ मा प्रकाशित

शेयर बजार :  दोहोरो अंकले लाग्यो ओरालो

अर्थ संसार, काठमाडौँ – केही दिन सामान्य रुपमा बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । आज  बजार १२.०१ अंकले घटेर एक हजार ३८२.०२ बिन्दुमा पुगेको छ ।

कूल  १५२ कम्पनीका सात लाख ४२ हजार कित्ता शेयर रु २६ करोड ५५ लाखमा कारोबार भयो । आज  सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको रु पाँच करोड १८ लाख बराबरको कारोबार भएको हो ।

बुधबारनै नेपाल बैंकले एफपिवो निष्कासन गर्ने खबर सार्बजनिक भएसँगै लगानीकर्ताले शेयर खरिद बिक्रीमा चासो बढाएका हुन्।

उपसूचक भने मिश्रित देखिएका छन्। १० समुहको कारोबारमा आठ समूह घटेका छन् भने दुई समूह बढेका छन् ।  बैंक १०.०५, होटल १८.१३, विकास बैंक ६.५७, जलाबिद्युत १.६३, बीमा ८३.०५, उत्पादनमूलक १६.२९, अन्य ९ र लघुबित्त १५.९१ अंकले घटेका हुन् ।

आज गुहेश्वरी मर्चेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी सात प्रतिशत कमाएको स्टकले जनाएको छ । यस्तै कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका शेयरधनीले करिब पाँच प्रतिशत गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल बैंकले १. ७६ करोड कित्ता सेयर एफपिओ प्रिमियममा निश्कासन गर्दै 

फागुन ११ देखि ३० सम्म रसुवागढी र साञ्जेनको आइपिओ भर्न पाइने(कसको कति कित्ता)

बाह्र वर्षमा सकियो चमेलिया, प्रधानमन्त्रीले उद्घाटन गर्दै

साञ्जेनको विद्युत् जोड्न निर्माण सुरु हुँदै प्रसारण लाइन 

नेप्से र सिडिएसले चलाए शेयर सचेतना कार्यक्रम, को–को भए लाभान्व

‘पर्यटन प्रवद्र्धन’ का नाममा अनुत्पादक खर्च, किन भएन नियन्त्रण 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको