Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सले ३२.५ प्रतिशत लाभांस दिने

विहीबार, २५ माघ २०७४, १२ : १६ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सले ३२.५ प्रतिशत लाभांस दिने


अर्थ संसार, काठमाडौं–  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३२.५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनकिो संचित मुनाफाबाट शेयरधनीलाई १९,८३,१५,०००।०० दरले हुन आउने ३२.५ प्रतिशत बोनस शेयर दिने भएको हो । 

यही बुधबार बेलुका बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरिएको उक्त  प्रस्तावित लाभांश बीमा समिति र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ ।

साथै , १६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रक्रियामा रहेको हकप्रद शेयरको आवेदनले पनि बोनुस शेयर पाउने सूचनामा उल्लेखित गरिएको छ ।

हक्प्रदका लागि कात्तिक २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड रुपैयाँ छ र जगेडाकोषमा ९३ करोड ४१ लाख रुपैयाँ छ ।

5a7bf01680729.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको