Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार थामियो

विहीबार, २५ माघ २०७४, १५ : ३१ मा प्रकाशित

शेयर बजार थामियो

अर्थ संसार, काठमाडौं– विगत केहीदिन अघिदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज (बिहीबार) भने थामिएको छ ।

कारोबार भएको ९ वटा समूहमध्ये  ७ वटा समूह उकालो लाग्दा नेप्से परिसूचक ८ अंकको सुधार गरी १ हजार ३ सय ८२ विन्दुबाट  १ हजार ३ सय ९० मा पुगेको छ ।

बजार ९.०१ अंकले बढ्दा नेप्से परिसचूक १३९० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १ सय ५२ वटा कम्पनीको ६ लाख ८६ हजार ४ सय ६३ वटा सेयर २६ करोड ८५ लाख ३० हजार ४ सय २ रुपैयाँमा विक्री भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०४ अंकले बढेको छ ।आज बैकिङ  ६.३१, होटल १३.४३, विकास बैंक ८.२७, जलविद्युत १७.०१, विमा ७२.९४, अन्य ७.९७ र माइक्रोफाइनानस ७.४५ अंकले बढेको छ । यता व्यापार ०.०८ र फाइनान्स ०.१६ अंकले घटेको छ । उत्पादन समुहमा भने आज करोबार भएको छैन ।

कसले कमाए, कसले गुमाए

धेरैदिनपछि बढेको शेयर बजारमा सूर्याेदय लद्युवित्त वित्तीय संस्था, कालिका माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स आदि लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले केही प्रतिशत कमाएका छन भने आरएसडिसी लद्युवित्त विद्यीय संस्था, नविल संमृद्धि फण्ड–१ आदि लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले केही प्रतिशत गुमाएका छन् ।

5a7c1e44767da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको