अर्थ संसार, काठमाडौं– शुक्रबार अर्थात भोली उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट हुने भएको छ ।
पुस २१ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ६५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४५ (६ हजार ६०० कित्ता) कर्मचारी र ५५ (८ हजार २५० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको १ लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
पर्ने सम्भावन न्यून
उन्नती माईक्रोफाइनान्सको साधारण सोयरमा २ लाख ४५ हजार भन्दा बढी लगानीकर्ताले ७९ करोड २ लाख रुपैयाँ बराबरकोे आवेदन दिएका थिए ।
जसमा गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्दा १५ हजार करिब १५ जना लगानीकर्ताले मात्र सेयर पाउने सम्भावना रहन्छ । यसआधारमा, कुल अवेदकमध्ये मोटामोटी ६.१२ प्रतिशतले मात्र उन्नतिको आइपीओ पाउने देखिएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गरेको हो ।
नोट : आइपिको रिजल्ट हामीलाई पाउन साथ हामी राख्नेछौँ । हेर्नको लागि तपाईर्ल यो लिंक खोली लाईक गर्नुपर्नछ ।
https://www.facebook.com/arthasansar
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस