Like us!
Follow us!
Connect us!
Watch us!

‘सहकारीमा कालो धन छैन’

विहीबार, २५ माघ २०७४, २१ : ०७ मा प्रकाशित

‘सहकारीमा कालो धन छैन’


अर्थ संसार, काठमाडौँ– राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताउनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उहाँले कालो धन खुट्टामा जञ्जीर लगाएजस्तै हुने भएकाले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद र हतियारधारीको पैसा नभएको जिकिर गर्नुभयो ।

“सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोवार हुने गरेको छ”, नेकपा (एमाले) का नेतासमेत रहनुभएका अध्यक्ष बडालले भन्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी शुद्धीकरणबाट सशकित नभई थप व्यवस्थित हुन लाग्नुपर्ने बताउनुभयो ।

सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद ज्ञवालीलेसम्पत्ति शुद्धीकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभन्दा पनि व्यवस्थित रुपमा कारोवार गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले काठमाडौँका सहकारीमा तुलनात्मक रुपमा बढी विकृति देखिएको जनाउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको