Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति माइक्रोफाइनान्सकोे आइपीओ आज बाँडफाँट हुँदै

शुक्रबार, २६ माघ २०७४, ०८ : ११ मा प्रकाशित

उन्नति माइक्रोफाइनान्सकोे आइपीओ आज बाँडफाँट हुँदै

अर्थ संसार, काठमाडौं–  उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ ।

पुस २१ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ६५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार  ४५ (६ हजार ६०० कित्ता) कर्मचारी र ५५ (८ हजार २५० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको १ लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

पर्ने सम्भावन न्यून

उन्नती माईक्रोफाइनान्सको साधारण सोयरमा २ लाख ४५ हजार भन्दा बढी लगानीकर्ताले ७९ करोड २ लाख रुपैयाँ बराबरकोे आवेदन दिएका थिए ।

जसमा गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्दा १५ हजार करिब १५ जना लगानीकर्ताले मात्र सेयर पाउने सम्भावना रहन्छ । यसआधारमा, कुल अवेदकमध्ये मोटामोटी ६.१२ प्रतिशतले मात्र उन्नतिको आइपीओ पाउने देखिएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गरेको हो ।

नोट : आइपिको रिजल्ट हामीलाई पाउन साथ हामी राख्नेछौँ । हेर्नको लागि तपाईर्ल यो लिंक खोली लाईक गर्नुपर्नछ ।

https://www.facebook.com/arthasansar

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको