Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको एफपिओ बिक्री खुल्ला, संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउने

शुक्रबार, २६ माघ २०७४, ०९ : ४२ मा प्रकाशित

बुटवल पावरको एफपिओ बिक्री खुल्ला, संस्थागत लगानीकर्ताले पनि आवेदन दिन पाउने

अर्थ संसार, काठमाडौं–  बुटवल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा निश्कासन गरेको  एफपिओमा माग अनुसारको आवेदन नपरेपछि आजदेखि पुन आवेदन खुल्ला गरिएको छ ।

पुन निश्कासन गरेको एफपिओमा संस्थागत लगानीकर्तालाई समेत आवेदन खुल्ला गरिएको  शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले जनाएको छ । यस कम्पनीले गत माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओको बिक्री खुलागरेको थियो । 

आवेदन दिने अन्तिम दिन छिटोमा माघ १९ गतेदेखि तोकेपनि आवेदन कम परेपछि फागुन १५ गतेसम्म बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । यता दोस्रो बजारमा भने कम्पनीको शेयरमूल्य निरन्तर घट्ने क्रममा रहेको छ ।

आवेदन कम परेपछि कम्पनीले बारम्बार लगानीकतालाई  लगानी गर्न सार्वजनिक रुपमै आग्रह गरेको थियो । कम्पनीको बारेमा  विभिन्न माध्यममा आएको नकारात्मक टिप्पणीको खण्डन गर्दै आइरहेको छ ।

पहिलो चरणमा निश्कासन गरिएको एफपिओमा ६० प्रतिशत मात्र आवेदन परेकाले बाँकी ४० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

कहाँबाट आवेदन दिने ?

यस कम्पनीमा लगानी गर्न इच्छुक लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

हल्लाको पछाडि नलाग्न आग्रह

5a7d1d8ad574a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको