Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट, १० कित्ता पाउने भाग्यमानी कति ?

शुक्रबार, २६ माघ २०७४, ११ : २३ मा प्रकाशित

उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट, १० कित्ता पाउने भाग्यमानी कति ?

अर्थ संसार, काठमाडौं–  गोलाप्रथाबाट उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) शुक्रबार (आज) बाँडफाँट भएको छ ।

गत पुस २१ देखि २५ गतेसम्म १ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । आइपीओमा कुल २ लाख ४४ हजार ४२७ जना स्वीकृत आवेदकमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना आवेदकले सेयर पाएका छन् ।

२ हजार ४६७ जनाको आवेदन रद भएको छ । यसमध्ये ४५ (६ हजार ६०० कित्ता) कर्मचारी र ५५ (८ हजार २५० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १ लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको थियो ।  कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गरेको हो ।

उन्नतिले गत आर्थिक वर्षमा १ करोड ६९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ २ पैसा छ ।

हामी रिजल्टको  PDF राख्नेछौँ । त्यसको लागि तलको लिंकमा क्लिक गरी लाईक गर्न नभुल्नुहोला ।

https://www.facebook.com/arthasansar/

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको