Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माईको आइपिओमा पाँच गुणा बढी आवेदन

शुक्रबार, २६ माघ २०७४, ११ : ४३ मा प्रकाशित

पञ्चकन्या माईको आइपिओमा पाँच गुणा बढी आवेदन

अर्थ संसार, काठमाडा– पञ्चकन्या माई हाइड्रोपावरको साधारण शेयरमा ५ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले निर्माण गरेका २ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि इलाममा स्थानीयबासीको चर्को भीड लागेको थियो ।

सो कम्पनीले  सञ्चालन गरेको  १२ मेगावाट क्षमताको  माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ को स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर खरिदका लागि १५ हजार बढीको आवेदन परेको हो ।

इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका स्थानीयका लागि छुट्याइएको रु ११ करोड बराबरको ११ लाख कित्ता सेयर खरिद गर्न परेको आवेदनबाट रु ५० करोड भन्दा बढी रकम संकलन भएको हो ।

इलाम नगरपालिकाका लागि छुट्याइएको रु ४ करोड ४० लाख मूल्यको ४ लाख ४० हजार कित्ता सेयर खरिद गर्न साढे ७ गुणा बढी अर्थात रु ३३ करोड बराबरको आवेदन परेको छ ।

सन्दकपुर गाउँपालिकाका स्थानीयले पाउने रु ६ करोड ६० लाख का लागि  ६ लाख ६० हजार कित्ता सेयरका लागि साढे २ गुणा बढी रु १७ करोड को  आवेदन परेको छ ।

आगामी  एक महिनाभित्रमा सेयर बाँडफाँड गरिसक्ने कम्पनीले जनाएको छ । कम्पनीले गत माघ ५ गतेदेखि २३ गतेसम्म स्थानीयका लागि सेयर बिक्री खुल्ला गरेको थियो ।

स्थानीयको सेयर बाँडफाँट प्रक्रिया पूरा गरेर सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरिने छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको